दैलेखबाट पाँच हजार बढिले एसईई दिने

दैलेख : यही चैत १७ गतेदेखि सुरु हुने एसईई परीक्षामा दैलेखबाट पाँच हजार बढी विद्यार्थीहरुले सहभागिता जनाउने भएका छन् । यस वर्ष दैलेखबाट पाँच हजार सात सय ३५ परीक्षार्थीले एसइई परीक्षा दिने भएका हुन् ।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका निमित्त प्रमुख रतन बिष्टका अनुसार नियमित, ग्रेड वृद्धि र प्राविधिकतर्फ समेत गरी पाँच हजार सात सय ३५ जना परीक्षार्थी सामेल हुनेछन् । नियमित तर्फ पाँच हजार एक सय ८१ जना, ग्रेड वृद्धिमा चार सय १२ जना र प्राविधिक तर्फ एक सय ४२ जना गरी जम्मा पाँच हजार ७ सय ३५ जना परीक्षार्थी रहेका छन् ।

एकाइ प्रमुख विष्टले परीक्षामा छात्रातर्फ तीन हजार दश जना र छात्रतर्फ दुई हजार सात सय २५ जनाले परीक्षा दिने जानकारी दिए । उनले जिल्लाका ११ वटा पालिका मध्ये सबैभन्दा बढी परीक्षा केन्द्र नारायण नगरपालिकामा पाँच वटा, ठाँटीकाँध, भैरवी, महावु, नौमूले र भगवतीमाई गाउँपालिकामा एक–एक वटा परीक्षा केन्द्र रहेको बताए ।

यस्तै, गुराँस, डुङ्गेश्वर गाउँपालिका, दुल्लु, चामुण्डाबिन्द्रासैनी र आठबीस नगरपालिकामा दुई वा दुई भन्दा बढी परीक्षा केन्द्र रहेको जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको तालिका अनुसार चैत्र १७ गतेदेखि २६ गतेसम्म साधारणतर्फ र चैत्र १७ गतेदेखि २९ गतेसम्म प्राविधिक धार तर्फको परीक्षा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार